यसैबीच जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ ।
जसपाका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै पार्टी विभाजन नभएको दाबी गर्नुभएको हो ।
हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेको भन्दै प्रवक्ता सुमनले पार्टी विभाजन नभएको दाबी गर्नुभएको हो ।
केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको उहाँले उल्लेख गर्नु भएको छ ।
विज्ञप्तिमा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गरिएको छ । ०००