केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयककमाथिको दफावार छलफललाई निरन्तता | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयककमाथिको दफावार छलफललाई निरन्तता

कानून,न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयककमाथिको दफावार छलफललाई निरन्तता दिएको छ ।

छिटोभन्दा छिटो पारित गर्नेगरी पछिल्लो समय समितिले दफावार छलफललाई तिब्रता दिएको हो । वैशाख २ गते संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएसँगै रोकिएको छलफल फेरी थालिएको हो ।

गत बैशाख १८ गते सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरु र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग बैठक गर्दै संसदको आगामी अधिवेशन शुरु हुनअघि नै न्दा अगाडी नै समितिहरुको बैठक राखी विधेयक पारित गरेर संसदमा ल्याउन निर्देशन दिनुभएको छ ।

संसदको बजेट अधिवेशन आगामी वैशाख २८ गते बस्न छ । समितिले आईतवार बैठक राखी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात , स्वास्थ्य र कृषि मन्त्रालयसँग सम्बन्धित दफाहरुमाथि छलफल गरेको छ ।

समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित विधेयक अन्तर्गत राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन र सार्वजनिक खरिद ऐन संशोधनमाथि छलफल भएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित औषधि ऐन, वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधनमाथि छलफल भएको छ ।

त्यसैगरी कृषि मन्त्रालयसँग सम्बन्धित पशु स्वास्थ्य तथा पशु सेवा ऐन,र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित द सवारी तथा यातायात व्यवस्था ऐन, र सडक बोर्ड ऐन संशोधनको सम्बन्धमा पनि छलफल भएको छ ।०००
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);