२५ जेठ, काठमाडौं । साउदी अरबले कतारको न्यूज नेटवर्क अल जजिराको कार्यालय बन्द गर्नुका साथै ब्रोडकास्टिङ लाइसेन्स समेत खारेज गरिदिएको छ ।
बीबीसीका अनुसार साउदीसँगै बहराइन र संयुक्त अरब इमिरेट्सले अल जजिराको वेबसाइट ब्लक गरिदिएका छन् । तेल र ग्यास सम्पदाको धनी मानिने अरब देश कतारलाई संसारमा परिचित गराउनमा अल जजिराको विशेष योगदान छ । छिमेकी देशहरुले कतारसँग सम्बन्ध तोडेपछि कतार संकटमा परेको छ । यस्तो अवस्थामा अब अल जजिराको भविष्यमा समेत प्रश्न उठ्न थालेको छ ।




