नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।

दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको छ ।एमालेले ऐन महरलाई केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ ।

एमालेले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव पनि दिएको छ ।

सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो ।

उहाँले काँग्रेस राजनीतिक प्रतिशोधबाट ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको
आरोप पनि लगाउनु भयो ।

सदन अवरुद्ध पार्ने नेपाली काँग्रेसको कदमलाई जिम्मेवार राजनीतिक दलको कदम मान्न नसकिने भन्दै ज्ञवालीले प्रमाणसहित उजुरी दर्ता भएमा लामिछानेको राजीनामाको पक्षमा उभिने स्पष्ट गर्नु भयो ।

एमालेले रुसको मस्को नजिकै कन्सर्टमा १३० जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको बिरोध पनि गरेको छ ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);