रास्वपाले चुनौतिपूर्ण बाटो रोज्यो: प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

रास्वपाले चुनौतिपूर्ण बाटो रोज्यो: प्रचण्ड

काठमाडौं,२४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राजनीतिक बेइमानी नगरेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसले आफूलाई राजनीतिक बेइमान भएको भन्दै त्यसको खण्डन गर्नुभएको हो । उहाँले आफूले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले सोच, विचार गरेर नै नयाँ गठबन्धन बनाएको बताउनु भयो । उहाँले यसलाई इमान र बेइमान भन्दापनि राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित हुने बताउनु भयो ।

उहाँले आफुसँग हुँदा इमान हुने र अर्को सँग हुँदा जाने बित्तिकै बेइमान नहुने भन्दै यो विषय राजनीतिक परिस्थिति र राजनीतिक मुद्दामा निर्भर रहने बताउनु भयो । उहाँले संसदमा भएका दलहरुका बीचमा अविश्वास, आशंका र घृणा नगरी राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कसैलाई मेरो कदम अस्थिर लाग्नसक्छ । भर्खरै मैले समाचारमा पढेँ, नेपाली काँग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पनि मैले पढेँ । मेरो राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले मैले यो कदम सोचि, विचारेर नै चालेको छु । मैले भनिसकेको छु । यसलाई इमान र बेइमानको भन्दा राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित होला । म संसदमा भएका कुनैपनि दलसँग अविश्वास, आशंका र घृणा होइन हामी फेरीपनि सँगै राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नु छ । आफुसँग हुँदा इमान, अर्कोसँग हुँदा जानेबित्तिकै बेइमान भन्ने हुँदैन । यो राजनीतिक परिस्थिति, राजनीतिक मुद्दामा निर्भर रहने कुरा हो । त्यसकारण म सोझो भाषामा भन्न चाहन्छु राजनीतिमा केही आशंका पैदा भएपछाडी यो अवस्था आएकै हो । नेकपा(एमाले), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको अहिले मलाई साथ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुको पनि अब सरकारमा उल्लेखनीय प्रतिनिधित्व रहेको छ । सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प उहाँहरुसँग थियो तर सत्तामै गएर आफूलाई प्रमाणित गर्ने चुनौतिपूर्ण बाटो उहाँहरुले रोज्नुभएको छ । मेरो नेतृत्वप्रति उहाँहरुको भरोसालाई एउटा ठूलो जिम्मेवारी ठानेको छु ।’

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प हुँदाहुँदै आफूलाई प्रमाणित गर्ने चुनौती रोज्नु आफुप्रतिको जिम्मेवारी ठानेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);