सुडानका सेना प्रमुखद्वारा एयुमा सदस्यता पुनःस्थापित गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

सुडानका सेना प्रमुखद्वारा एयुमा सदस्यता पुनःस्थापित गर्न आग्रह

sudan

एजेन्सी,२१ फागुन । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हानले आईतवार अफ्रिकी संघ (एयु) मा सुडानको विश्वासमा जोड दिँदै क्षेत्रीय संगठनमा सुडानको पूर्ण सदस्यता पुनःस्थापित गर्न आह्वान गर्नुभएको छ ।

अल–बुरहानले शहर पोर्ट सुडानमा मोहम्मद इब्न चाम्बासको नेतृत्वमा सुडानमा द्वन्द्वको समाधान गर्ने एयु उच्चस्तरीय प्यानलको प्रतिनिधिमण्डललाई भेट्दा उक्त टिप्पणी गरेको सार्वभौम परिषद्ले जनाएको छ । अल–बुर्हानले अफ्रिकी संघमा सुडानको विश्वास र यसले प्रश्ताव गर्नसक्ने समाधानहरू व्यक्त गर्नुभयो ।

अल–बुर्हानले समाधानको आधार उनीहरूले कब्जा गरेका शहर र गाउँहरूबाट अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) फिर्ता गर्नु रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);