काठमाडौं,१८ फागुन । बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाको ज्यान गएको छ भने २२ जना गम्भीर घाइते भएका छन् । राजधानी ढाकामा रहेको एउटा रेष्टुरेन्टमा भएको आगलागीमा ७५ जनाको भने सकुशल उद्धार भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
एउटा रेष्टुरेन्टबाट सल्केको आगो त्यही तल्लामा रहेका अरु रेष्टुरेन्ट, कपडा पसल र मोबाइल पसलमासमेत पुगेको बताइएको छ । ग्यास लिक भएका कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । भ¥याङ्सहित सबै तल्लामा असुरक्षित तरिकाले ग्यास सिलिन्डर राखेकाले क्षति धेरै भएको बताइएको छ ।
सुरक्षा नियमलाई कडाइका साथ पालना नगरी लापरबाही गरेका कारण बंगलादेशमा अपार्टमेन्ट भवन र कारखाना परिसरहरूमा आगलागीका घटना भइरहन्छन् । यसअघि सन् २०२१ को जुलाइमा बंगलादेशमा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा बालबालिकासहित ५० जना भन्दा बढीको ज्यान गएको थियो ।