पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सातवटा समझदारी पत्रमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सातवटा समझदारी पत्रमा हस्ताक्षर

केन्या र इथियोपियाले पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सातवटा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

केन्याका राष्ट्रपति विलियम रुटो र इथियोपियाका प्रधानमन्त्री अबी अहमदबीचको द्विपक्षीय वार्तापछि केन्याको राजधानी नैरोबीमा हस्ताक्षर भएको समझदारीपत्रमा सांस्कृतिक विकास, पर्यटन र वन्यजन्तु, हरित अर्थतन्त्र, सुधारात्मक सेवा, पेट्रोलियम, र ऊर्जा विकास र सार्वजनिक सेवामा क्षमता निर्माण रहेको छ ।

दुई नेताहरूले सामाजिक-आर्थिक वृद्धिका लागि राष्ट्रिय आकांक्षाहरू पूरा गर्न र अफ्रिकन युनियनको एजेण्डालाई साकार पार्ने प्रयासमा कृषि, मत्स्यपालन, यातायात, आईसीटी, स्वास्थ्य र वनलगायत अन्य क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन् ।

उहाँले अफ्रिकालाई राजनीतिक रूपमा मात्र नभई आर्थिक रूपमा पनि स्वतन्त्र गर्नका लागि दुवै देशहरूबीचको सम्बन्ध अरूलाई पछ्याउन र हातमा हात मिलाएर हिँड्नको लागि महत्वपूणर् हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);