एजेन्सी,१५ फागुन । इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा सडकमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् ।
दक्षिण सुलावेसी प्रकोप न्युनिकरण एजेन्सीका कार्यवाहक प्रमुख एमसन पान्डोलोले स्थानीय समयअनुसार बिहान करिव ९ बजे बास्टेम उतारामा भीषण वर्षाका कारण पहिरो गएको बताउनु भयो ।
पहिरोबाट २० जनाभन्दा बढी प्रभावित भएको बताइएको छ । पहिरोमा १० भन्दा बढी मोटरसाइकल र दुईवटा कार पुरिएको छ । वर्षा याममा इण्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू प्रायः हुने गर्दछ ।