भारतको इङ्ल्यान्डविरुद्ध जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

भारतको इङ्ल्यान्डविरुद्ध जित

काठमाडौं,१५ फागुन । भारतले इङ्ल्यान्डलाई चौथो टेस्टमा ५ विकेटले हराएपछि ५ टेस्टको श्रृखंला जितेको छ । पाँचौं तथा अन्तिम टेस्ट अघि नै घरेलु टोली भारत ३–१ बाट अघि रहेर श्रृखंला जित्न सफल भएको हो ।

राँचीमा दोस्रो इनिङमा जितका लागि १ सय ९२ रनको लक्ष्य भारतले एक दिनको खेल बाँकी रहँदा नै ५ विकेटको क्षतीमा पूरा गरेको हो । विना विकेटको क्षती ४० रनबाट चौथो दिनको खेल सुरु गरेको भारतका कप्तान रोहित शर्माले ५५, यशस्वी जैसवालले ३७, शुभमन गिलले ५२ र ध्रुब जुरेलले अविजित ३९ रन बनाए ।

यो टेष्टको पहिलो इनिङमा इङ्ल्यान्डले ३ सय ५३ र भारतले ३ सय ७ रन बनाएका थिए । दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय ४५ रनमा समेटिएपछि भारतले १ सय ९२ रनको लक्ष्य पाएको हो । अन्तिम टेस्ट धर्मशालामा मार्च ७ बाट सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);