क्यानडा–११ विरुद्ध तीनमध्ये दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल एको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

क्यानडा–११ विरुद्ध तीनमध्ये दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल एको रोमाञ्चक जित

क्यानडा–११ विरुद्ध तीनमध्ये दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ ले २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

मंगलबार मुलपानी क्रिकेट मैदानमा दुई विकेटको जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृङ्खलालाई १–१ को बराबरीमा ल्याएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले ४९ दशमलव ५ ओभरमा अलआउट हुनुअघि दुई सय ४०
रन बनायो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ ले ४९ दशमलव १ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो । नेपाल ‘ए’ का लागि नियमित कप्तान विनोद भण्डारीको अनुपस्थितीमा कप्तानी गरेका सन्दीप जोराले ६६, बसिर अहमदले अविजित ५२ र रासिद खानले ४७ रन बनाए कप्तान सन्दीप आउट भएपछि बसिर अहमद र रासिद खानले नै जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै नेपाललाई जिततर्फ डो–याएका हुन् ।

नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले पनि ४० रन बनाए । क्यानडा–११ का बलर अमर आलिद, साहिद अहमदजाई र निखिल दत्तले दुई–दुई विकेट लिए । त्यसअघि भ्रमणकारी टोली क्यानडा–११ लाई ओपनर ब्याट्सम्यान द्वय एरोन जोन्सन र श्रीमन्था विजयरत्नेले गतिलो सुरुआत दिलाए । उनीहरुले ६४ रनको साझेदारी गरे ।

एरोन जोन्सनले ३६ र श्रीमन्था विजयरत्नेले ४१ रन बनाए । नवनित धालिवालले ४६ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका श्रेयष मोभाले ६८ रन बटुले । नेपाल ‘ए’ का बलर साहब आलमले तीन विकेट लिए । शेर मल्ल र रासिद खानले पनि दुई–दुई विकेट हात पारे । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल बिहीबार हुने छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);