काठमाडौं,८ माघ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर हुने भएको छ । पुन गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् ।
पुनविरुद्ध २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए ।
उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार भरत मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।
आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।