नेविसंघका २० जना कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

नेविसंघका २० जना कार्यकर्ता पक्राउ

काठमाडौं,७ माघ । निषेधाज्ञा खारेजीको माग गर्ने नेविसंघका कार्यकर्ताहरु माइतीघरबाट पक्राउ परेका छन् । नेपाली कांग्रेस निकट नेविसंघका कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन् । सोही क्रममा २० जना भन्दा बढी पक्राउ परेका हुन् ।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच हात हालाहाल समेत भएको थियो ।

२ महिनादेखि स्थानीय प्रशासनले बानेश्वर–माइतीघर, बालुवाटार, शीतल निवास, मन्त्री क्वार्टर पुल्चोकलगायत काठमाडौंका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।

Leave a Reply