एजेन्सी,४ माघ । भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) डिसेम्बर २०२३ मा गत वर्षको तुलनामा ०.७३ प्रतिशतले बढेको छ । देशको वाणिज्य र उद्योग मन्त्रालयले यसबारेमा जानकारी गराएको हो । डिसेम्बरमा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्यान्न, मेसिनरी र उपकरण, यातायात उपकरण र कम्प्युटर, इलेक्ट्रोनिक्स र अप्टिकल उत्पादनहरू आदिको मूल्यमा भएको वृद्धिको कारण रहेको बताइएको छ ।
यसैबीच, डिसेम्बर २०२३ मा भारतको व्यापारिक निर्यात ३८.४५ बिलियन अमेरिकी डलरमा दर्ता भएको थियो । जुन गत वर्षको तुलनामा १ प्रतिशतले बढी हो । निकासीको वृद्धिमा प्रमुख योगदानकर्तामा इन्जिनियरिङ सामान, फलाम, रत्न तथा आभूषण, इलेक्ट्रोनिक सामान तथा औषधि समावेश छन् ।
डिसेम्बर २०२३ मा १०.०४ अर्ब अमेरिकी डलर बराबरको इन्जिनियरिङ सामान निर्यात भएको थियो । जुन चालु आर्थिक वर्षमा अहिलेसम्मकै उच्च मासिक इन्जिनियरिङ सामानको निर्यात हो ।
भारतको आर्थिक वर्ष प्रत्येक वर्ष अप्रिल १ मा शुरु हुन्छ र अर्को वर्षको मार्च ३१ मा समाप्त हुन्छ ।
अप्रिल–डिसेम्बरमा भारतको समग्र व्यापार घाटा वर्षको तुलनामा ३५.८७ प्रतिशतले बढेर २०२३ मा ६९.३४ बिलियन अमेरिकी डलर पुगेको छ भने समान अवधिमा व्यापार घाटा ११.४५ प्रतिशतले बढेर १८८.०२ अर्ब अमेरिकी डलरमा पुगेको छ ।