काठमाडौं, १० माघ । कांग्रेस र मधेसी गठबन्धनले मंगलबार रातिसम्म पनि सबै उम्मेदवारको नाम तय गर्न सकेका छैनन् ।कांग्रेसले प्रदेश १, २ र ३ मा टुंगाउन नसके पनि अन्यमा तय गरेको छ ।उसले प्रदेश ४ मा खुल्लातर्फ सुरेन्द्रराज पाण्डे, महिलाबाट बृन्दा राना मगर, दलितबाट जितबहादुर नेपाली, अपांगता भएकाबा प्रकाश पन्तलाई उम्मेदवार बनाएको छ ।
प्रदेश २ मा तालमेल
अन्ततः प्रदेश २ मा कांग्रेस र मधेसवादी गठबन्धनबीच तालमेल हुने भएको छ । बाम गठबन्धनसँग कुरा नमिलेपछि मंगलबार राति कांग्रेस र मधेसी गठबन्धनले तालमेल गर्ने सहमति जुटाएका हुन् । , आजको कान्तिपुर दैनिकमा यो खबर छ ।