काठमाडौं, २५ पुस । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका रामबहादुर बम्जनलाई भेट्न पुर्वराज्यमन्त्री यशोदा लामा सिआईबीको कार्यालय पुुगेकी छिन् ।
लामाले बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ समेत गरेकी छिन् । बम्जनलाइै भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुुयायीहरु ठुलो संख्यामा सीआईबी कार्यायल पुुगेका छन् । प्रचण्डकै नेतृत्वमा २०७४ सालमा लामा राज्यमन्त्री बनेकी थिइन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप पनि छ ।
यस्तै सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ । सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।