राष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारविरुद्ध दाबीविरोध | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

राष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारविरुद्ध दाबीविरोध

काठमाडौं,२४ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिने समय तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।

परेका दाबी विरोधमाथि निर्वाचन आयोगले बुधबार र बिहीबार जाँचबुझ गर्ने छ । शुक्रबार उम्मेदवारी फिर्ता लिन लिन चाहनेको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यलालिका छ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि त्यहीदिन दिन मतगणना गरिने छ । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ । राष्ट्रियसभामा ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);