जोर्डनका राजाद्वारा गाजा र वेस्ट बैंकलाई अलग गर्ने प्रश्ताव अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

जोर्डनका राजाद्वारा गाजा र वेस्ट बैंकलाई अलग गर्ने प्रश्ताव अस्वीकार

एजेन्सी,२३ पुस । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजापट्टी र वेस्ट बैंकलाई अलग गर्ने प्रयासलाई आफ्नो देशले अस्वीकार गरेको बताउनुभएको छ । गाजामा जारी इजरायली आक्रमणको विनाशकारी असरहरूको चेतावनी समेत दिनुभएको छ ।

राजाले अम्मानमा अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनसँगको भेटमा गाजामा दुःखद् मानवीय संकट अन्त्य गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो । राजा अब्दुल्लाले गाजामा तत्काल युद्धविराम गर्न आग्रह गर्नुभयो ।

राजाले गाजावासीहरूलाई आफ्नो घर फर्कन सक्षम बनाउन पनि आग्रह गर्नुभयो । भेटमा राजाले प्यालेस्टाइन समस्याको न्यायोचित समाधान र दुई राज्यको आधारमा न्यायपूर्ण र व्यापक शान्ति नभई यस क्षेत्रमा स्थायित्व नहुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);