एजेन्सी,२० पुस । आफ्नो डेब्यु फिल्मको सुटिङका क्रममा अभिनेत्री तनिषा मुखर्जीको भयानक दुर्घटना भई कोमामा गएकी थिइन् । उनको अवस्था देखेर आमा तनुजाले आफू मरिसक्यो भनी सोच्न भ्याइन । तनुजाले हालै एक अन्तर्वार्तामा यो खुलासा गरेकी हुन् ।
सिद्धार्थ कननलाई दिएको अन्तर्वार्तामा तनिषाले भनिन्, ‘मेरो पहिलो फिल्म श्श्शह’को सुटिङका क्रममा दुर्घटना भएको थियो । त्यो भयानक दुर्घटना थियो। मलाई चोट लाग्यो र केही बेर बेहोस भएँ ।
उनले थप भनिन्, ‘मलाई ती ३–४ दिनको कुनै याद छैन । आज पनि फर्केर सम्झन खोज्छु तर सम्झिन सक्दिन । त्यसैबेला मेरो अवस्था देखेर मेरी आमाले म मरिसकेछु भनी सोचे । उनी निकै डराएकी थिइन् ।’
यो दुर्घटनापछि चिकित्सकले तनिषाले अब काम गर्न नसक्ने बताए । तर, फिल्मका निर्देशक तनिषाले आफ्नो फिल्म पूरा गर्नुपर्छ भन्ने अडानमा थिए । तनिषाले छायांकन पूरा नगरे फिल्म रोक्न बाध्य हुने निर्देशकले बताए ।
तनिशाले पनि आफ्नो वाचा पूरा गरिन् । उनको सुन्निएको टाउको कम हुन एक वर्ष लाग्यो, तर उनले फिल्म पूरा गरिन् ।