१८ सय ४३ थान नक्कली नोटसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

१८ सय ४३ थान नक्कली नोटसहित पक्राउ

रौतहट,२० पुस । १ हजार ८ सय ४३ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार रूपैयाँ उल्लेख भएको चेक ३ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);