वसन्तपुरमा मनाइयो ११औँ नेपाली टोपी दिवस | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

वसन्तपुरमा मनाइयो ११औँ नेपाली टोपी दिवस

topi-diwas

काठमाडौं,१६ पुस । ११औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमवार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाइएको हो । ‘नेपाली टोपी ः नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको ११ औंैं नेपाली टोपी दिवस मनाइएको हो ।

दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको आयोजकले बताइएको छ । उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् ।

उनीहरुले नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, नेपाली टोपी हाम्रो पहिचान, हाम्रो राष्ट्रिय पहिचान टोपी लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);