पुरानो रिसिबिले तरुल खोज्न जंगल लगेर साथीको हत्या | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पुरानो रिसिबिले तरुल खोज्न जंगल लगेर साथीको हत्या

death body

काठमाडौं,१६ पुस । पर्वतमा तरुल खोज्न गएका युवकको हत्या भएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार उनीसँगै तरुल खोज्न गएका व्यक्तिले रिजालको हत्या गरेको हो । रिजालसँगै सोही स्थानका प्रेमबहादुर नेपाली र श्रीराम शर्मा आइतबार वनमा तरुल खन्न गएका थिए ।

नेपालीले रिजालको तरुल खन्ने खन्ती प्रहार गरेर हत्या गरेको बुझिएको छ । रिजाललाई अचेत अवस्थामा छाडेर साथीहरु गएका थिए पछि खोजीको क्रममा जंगलमा उनलाई फेला पारिएको र पर्वत अस्पताल पुराएपछि चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

नेपालीको आक्रमणमा परेर शर्मा पनि घाइते भएका छन् । शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरुहेको छ । नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर बयान समेत लिएको छ । उनले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको स्वीकार गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);