नेपालमा उर्जा क्षेत्रले फड्को मारिरहेको छ : प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

नेपालमा उर्जा क्षेत्रले फड्को मारिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको बताएका छन् ।

सुनसरीको भोक्राहा नरसिंहमा इनरुवा सबस्टेशनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेको उनको दाबी छ ।

उनले भने,‘विगतमा मेरै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको थियो । त्यतिबेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँबस्तीहरु अँध्यारोमै थिए ।’

Leave a Reply