नेपालको विकासको आधारशीला जलविद्युत होः प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालको विकासको आधारशीला जलविद्युत होः प्रचण्ड

२०, माघ,रामेछाप ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासको आधारशीला नै जलविद्युत भएको बताए । नेपाललाई प्रकृतिले बरदान दिएको भन्दै नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास र स्थिरताको मूल आधार समेत जलविद्युत नै भएको बताए । विद्युतिकरण मार्फत नेपालमा बेरोजर समस्या हटाउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

नेपालको विकासको आधारशीला जलविद्युत होः प्रचण्ड

२०, माघ,रामेछाप ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासको आधारशीला नै जलविद्युत भएको बताए । नेपाललाई प्रकृतिले बरदान दिएको भन्दै नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास र स्थिरताको मूल आधार समेत जलविद्युत नै भएको बताए ।
विद्युतिकरण मार्फत नेपालमा बेरोजर समस्या हटाउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

बिहीबार दोलखाको सहरेस्थित किर्ने आयोजित खिम्ती–ढल्केबर २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै यस्तो बताएका हुन् । सरकार देशलाई लोडसेडिङ्ग मुक्त गर्ने अभियानमा लागेको भन्दै थप  विद्युत उत्पानका आयोजनाहरु समेत अघि बढिसेको प्रधानमन्त्री प्रचण्डले बताए ।

आयोजनाहरु समयमै सम्पन्न नहुँनु, गुणस्तरीय र पारदर्शी नुहुँदमा त्यसभित्र निहीत स्वार्थ रहेको पाइएकाले आयोजनाहरु तोकेकै समयमा सम्पन्न गर्न र गुणतस्तरीयता काम गर्ने संकल्पका साथ अगाडि बढ्न पनि प्रधानमन्त्री प्रचण्डले सरकारी तथा गैरसरकारी सबै पक्षलाई निर्देशन दिएका छन् ।

निर्धारित समय भन्दा पहिले नै  आयोजना सम्पन्न गर्नेलाई सम्मान र ढिलो गर्नेलाई दण्डित गर्न सम्बन्धित मन्त्रालय र सचिलाई समेत निर्देशन दिइसकेको प्रचण्डले बताएका छन् । राम्रो र इमान्दार मान्छेलाई उचित जिम्मेवारी दिने पद्धती नेपालमा अझै स्थापित नभएको भन्दै कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त गर्न पनि ठूलो संघर्ष गर्नु परेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायको निर्वाचनको मिति पनि छिट्टै टुङगो लाग्ने बताएका छन् । लामो समयदेखि स्थानीय निर्वाचन हुन नक्दा विकास निर्माणमा भएको विकृति विसंगतिको अन्त्यको लागि मात्र भनई, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न र संविधान कार्यान्वयनको लागि पनि स्थानीय तहको निर्वाचन गर्नै पर्ने बताए । जसको लागि नयाँ राष्ट्रिय एकताको खाँचो रहेको प्रचण्डको भनाई थियो ।

एकताको परिभाषा एक युगमा एक पटक हुने भन्दै प्रचण्डले भने– केही प्रगति र उज्यालो विरोधीहरुको कारण राष्ट्रिय एकता हुन नसकेको हो । सरकार समृद्ध नेपाल निर्माणको अभियानमा लागेको भन्दै सरकारको अभियानलाई साथ दिन पनि प्रचण्डले अपिल गरेका छन् ।

साथै प्रचण्डले रामेछाप जिल्ला हुँदै जाने मध्य पहाडी लोकमार्ग सहित आधा दर्जन सडकको स्तरोन्नती र रामेछपमा जुनार चिस्या केन्द्र स्थापनको लागि बजेटको ब्यवस्था गरिदिने पनि आवश्वासन दिएका छन् ।

त्यसैगरी उर्जा मन्त्री जनार्दशन शर्माले विकास निर्माणका काम अलगथलग ढंगले हुँदा स्थानीय अन्तरविरोध सिर्जना भएको भन्दै विकास निर्माणको कामलाई एकरुपता र एकीकृत रुपमा अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);