कमल थापाको जिकिरः नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

कमल थापाको जिकिरः नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ

काठमाडौं, ३ पुस ||
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताउनुभएको छ । गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै उहाँले राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दाबी गर्नुभएको हो । मंगलवार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठूला दलहरुले राजाको नाममा निरंकुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सृजना गरेको उल्लेख गर्दै आफूहरु राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि लागि परेको बताउनु भयो । उहाँले नेपालमा छिट्टै राज संस्था र हिन्दु राष्ट्र कायम हुने समेत दोहो¥याउनु भयो । अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रुपमा पनि संकटको डिलमा पु¥याएको बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालमा प्रवेश गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);