नेपाल र नेपालीलाई समृद्ध बनाउने एमालेको ध्येय रहेको ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

नेपाल र नेपालीलाई समृद्ध बनाउने एमालेको ध्येय रहेको ओलीको दाबी

काठमाडौं,१७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको टिप्पणी गर्नुभएको छ ।

एमालेको महाकाली–मेची अभियानअन्तर्गत शनिवार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको टिप्पणी गर्नुभएको हो । । उहाँले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गर्नुभयो ।

सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाउदै ओलीले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने उल्लेख गर्नुभयो । देशलाई अघि बढाउने नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने उहाँको दाबी छ ।

नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको भन्दै अध्यक्ष ओलीले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);