कुख्यात भारतिय अपराधी बब्लु दुबेको हत्या | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

कुख्यात भारतिय अपराधी बब्लु दुबेको हत्या

अनुप तिवारी २८ वैशाख वीरगन्ज ।
नेपाल भारतको सिमावर्ती क्षेत्रका उधोगी व्यपारी, ठेकेदार, कर्मचारीहरुलाई लामो समयदेखि आतंकीत बनाएका कुख्यात भारतिय अपराधिक गिरोहका नाइके बब्लु दुबेको आज हत्या भएको छ । सिमावर्ती विहारको मोतिहारी

कुख्यात भारतिय अपराधी बब्लु दुबेको हत्या

अनुप तिवारी २८ वैशाख वीरगन्ज ।
नेपाल भारतको सिमावर्ती क्षेत्रका उधोगी व्यपारी, ठेकेदार, कर्मचारीहरुलाई लामो समयदेखि आतंकीत बनाएका कुख्यात भारतिय अपराधिक गिरोहका नाइके बब्लु दुबेको आज हत्या भएको छ । सिमावर्ती विहारको मोतिहारी कारागार कैदी जिवन विताइरहेका दुबेलाई आज पश्चमी चम्पारण बेतिया अदालतमा पेशीका लागि लगिएको र प्रहरी भ्यान बाट झर्ने क्रममा दुबे माथी गोली प्रहार भएको छ । टाउकोमा एक र छातीमा तीन गोली लागेका दुबेको घटना स्थलमै मृत्यु भएको थियो । अपराहन १२ बजेको समयमा प्रहरी सुरक्षामै रहेका दुबेलाई ६ जनाको समुहमा रहेका अपराधिक गिरोहले गोली प्रहार गरि हत्या गरेको बेतिया प्रहरीले जनाएको छ ।  

विभिन्न हत्या र बैंक लुटपाटको अभियोगमा भारतमा १० वर्ष जेल काटेका दुवे नेपालमा पनि आपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए । भारतमा जेल जिवन बिताउँदा दुबेले अन्य आपराधिक व्यक्तिहरुसँग मिलेर विहार पिपुल्स लिबरेशन आर्मि नामक आपराधिक समुह खडागरी धम्की दिएर रंगदारी वसुली गर्ने गरेका थिए । बीरगन्जका उद्योगि व्यवसायीमा दुबेको आतंक व्याप्त थियो ।

२०७० सालमा भारतिय प्रहरीको मोष्ट वान्टेड सुचीमा रहेका दुबे नेपालमा आश्रय लिइएर नेपाली व्यवसायीलाई धमकाउदै रंगदारी उठाउन थालेपछि उनलाई ७० साल जेष्ठ १४ गते काठमाण्डैको सितापाइलाबाट तत्कालिन नरायणी अंचल प्रहरीका प्रमुख सर्वेन्द्र खनालको टोली पक्राउ गरि भारतिय प्रहरीको जिम्मा लगाएको थियो । सिमावर्तीे विहार प्रान्तको पूर्वी चम्पारण जिल्ला,थाना कल्याणपुर ग्राम सिसवा पटना निवासी दुवेको अपराधिक गिरोहले सिमावर्ती क्षेत्रमा अहिले सम्म ३० भन्दा बढिको हत्या गरेको भारतिय प्रहरी संग तथ्यांक रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);