चुरे संरक्षणबारे विश्व समुदायको ध्यानाकर्षण गराउन राष्ट्रपतिको सुझाव | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

चुरे संरक्षणबारे विश्व समुदायको ध्यानाकर्षण गराउन राष्ट्रपतिको सुझाव

काठमाडौं, १४ मंसिर । दुबइ जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स जानुअघि प्रधानमन्त्री प्रचण्डले बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेलसँग भेटवार्ता गर्नुभएको हो ।

यस अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्नसमेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);