गाजामा अल्पकालीन युद्धबिराम हुन सक्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

गाजामा अल्पकालीन युद्धबिराम हुन सक्ने संकेत

काठमाडौं, २१ कार्तिक
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा अल्पकालीन युद्धबिराम हुन सक्ने संकेत दिनु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविरामको सम्भावना रहेको संकेत दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गाजामा इजरायलले लगातार स्थल, जल तथा हवाइ आक्रमण गरिरहेको अवस्थामा प्रधानमन्त्री नेतान्याहुले अल्पकालीन युद्धविराम हुनसक्ने बताउनु भएको हो । नेतान्याहुले गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा लिने पक्षमा इजरायल रहेको स्पष्ट गनुृभएको छ । इजरायलमा हमासले आक्रमण गरेको मंगलबार एक महिना पुगेको छ । हमासको आक्रमणमा १४ सय जना इजरायलीको ज्यान गएको छ । यता हमासलाई समाप्त पार्ने भन्दै इजरायलले गाजामा गरेको जवाफी कारबाहीमा १० हजार भन्दा बढीको ज्यान गइसकेको छ । नेतान्याहुले गाजाको सुरक्षाको सम्पूर्ण जिम्मेवारी लिइने भनेर दिएको अभिव्यक्तिको अर्थ त्यहाँ नगरको अधिन नरहने इंगित गरेको विश्लेषण गरिएको छ । प्यालेस्टाइन क्षेत्रमा पर्ने वेस्ट बैंकको हकमा पनि इजरायलले यस्तै शब्द प्रयोग गरेको थियो ।प्यालेस्टाइन र इजरायलबीच सन् १९९० मा भएको ओस्लो सम्झौतामा वेस्ट बैंक प्यालेस्टाइनको नगरको अधिनमा भएपनि त्यसको सुरक्षा जिम्मेवारी इजरायलको हुने उल्लेख छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);