प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय

काठमाडौं, १२ कात्तिक । प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ ।

इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन् । अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको बताइएको छ । अबको केही दिनमै अस्पतालले आफ्नो सेवाहरु बन्द गर्ने बताइएको छ ।

बिजुली नभएका कारण अस्पतालमा जेनेरेटरहरुबाट विद्युत चलाइएको छ । तर जेनेरेटरहरुले जम्मा दुई घण्टा मात्रै धान्ने बताइएको छ ।

उहाँले आफूहरुसँग जम्मा दुई हजार लिटर मात्रै डिजेल रहेको र त्यसपछि अस्पताल पूर्ण रुपमा बन्द हुने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार