सुडानी सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा झडप | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

सुडानी सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा झडप

काठमाडौं, ६ कात्तिक । सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सबीच मध्य खार्तुममा सेनाको जनरल कमाण्ड र खार्तुमको दक्षिणी क्षेत्रहरुमा शनिवार हिंसात्मक झडप भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षले राजधानीमा बन्दुक र एन्टी एयरक्राफ्ट हतियार प्रयोग गरेका थिए । खार्तुमको दक्षिणी भगमा रहेको जबरा क्षेत्रमा भीषण युद्ध भएको बताइएको छ ।

खार्तुमको उत्तरमा रहेको ओमदुरमान शहरमा पनि दुई पक्षबीच सशस्त्र झडप भएको थियो । सुडानमा अप्रिल १५ यता ठूलो झडपहरु हुँदै आएका छन् । आक्रमणमा अहिलेसम्म ३ हजार बढीको ज्यान गइसकेको छ भने ६ हजार बढी घाइते छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);