ओखलढुंगा,३० असोज । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खिजिदेम्बा गाउँपालिका–३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।




