काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । आजदेखि सूरु हुने महाधिवेशनमा विश्वभर छरिएर रहेका नेपालीहरुको काठमाडौंमा ओइरो लागेको छ ।
काठमाडौंमा आयोजना गरिएको महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलन कात्तिक ३ गतेसम्म चल्नेछ । त्यसका लागि सम्पुर्ण तयारी पुरा भइसकेको बताइएको छ ।
सम्मेलनको उद्घाटन आज राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् । सम्मेलनको समापन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ ।
‘नेपालीका लागि नेपाली’ भन्ने मल नारासहित ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रीत गैरआवासीय एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो ।