काठमाडौं । प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएपछि उनी आजदेखि काममा फर्किएकी हुन् ।
अदालतले दिएको आदेश कार्यान्वयन गर्दै प्रधानन्यायाधीश कार्की नियमित कामका लागि आज बिहान साढे ९ बजे नै अदालत पुगेकी हुन् ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शुक्रबार व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव प्रथम दृष्टिमा नै उपयुक्त आधार र कारण नदेखिएको भन्दै त्यसमाथिको कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो ।
प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किएपछि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आएका गोपाल पराजुली पूर्ववत् वरिष्ठ न्यायाधीशमा फर्किएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित वैशाख १७ गते प्रधानन्यायाधीश कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
– See more at: http://imagekhabar.com/news/latest/national/20312#sthash.TpdqN0AN.dpuf