काठमाडौं, १४ असोज । आज प्रतिनिधि सभा बैठक बस्दै छ । त्यस अघि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सातदलको बैठक बोलाएका छन् ।
आइतबार बिहान ११ बजेका लागि बालुवाटारमा बैठक बालाएको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रिय मान्यता प्राप्त दलहरु सहभागी हुने बैठकमा संसद सञ्चालन, सुन तस्करी छानबिनसहितका विषयमा छलफल हुने जनाइएको छ ।