कञ्चनपुर, ३ माघ । कञ्चनपुर भन्सार कार्यालय परिसरबाटै मालसामान गायव तथा चोरी हुने गरेको पाइएको छ । भन्सार कार्यालयका कर्मचारीको लापर्बाही र मिलेमतोमा मालासामान चोरी हुने गरेको हो । व्यापारीहरूले भारतीय ट्रान्सपोर्ट कम्पनीबाट सुरक्षित रुपमा भन्सार कार्यालय आइपुगेपछि सामान हराउने गरेको बताएका छन् ।
भन्सार अधिकृत रामप्रसाद पोखरेलले भने कार्यालयपरिसरमा पश्चिमतिर तारबार नभएका कारण सामान चोरीका घटना बढेको बताएका छन् ।
भन्सार कार्यालयमा आइपुगेका सामानको सुरक्षाका पूर्ण जिम्मा कार्यालयकै हुने भएकाले कुनै पनि बहानामा सामान हराउन नहुने व्यापारीको भनाइ छ ।




