काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा आजदेखि द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । बुधबारदेखि काठमाडौं उपत्यकामा पहिलो पटक सो सेवा सञ्चालनमा आउन लागेको हो ।
सुर्यविनायक–रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उद्घाटन बुधबार बिहान ९ बजे हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बाग्मती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरका मेयर बालेन शाह, भक्तपुरका मेयरहरुले संयुक्त रुपमा उद्घाटन गर्दैछन् ।
यात्रुहरुका लागि भने भोलि असोज ४ गतेदेखि द्रुत बस सेवा सञ्चालन हुने जनाइएको छ । दु्रत बस सेवामार्फत ४५ मिनेटमै रत्नपार्कदेखि सुर्यबिनायक पुग्न सकिने बताइएको छ । माइतीघर,कोटेश्वर,जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी टा«फिक प्रहरीले सहयोग गर्नेछन् ।