रत्नपार्क–सूर्यविनायक द्रुत बस अब तीन/तीन मिनेटको अन्तरमा छुट्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

रत्नपार्क–सूर्यविनायक द्रुत बस अब तीन/तीन मिनेटको अन्तरमा छुट्ने

काठमाडौं, १० मंसिर । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आए पनि दसैँपछि स्थगित भएको द्रुत बस सेवा आजबाट पुनः संचालनमा आउने भएको हो ।

त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । दु्रत सेवाका लागि ११ वटा बस थपेर फेरी संचालनमा ल्याइएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटासहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

आनदेखि ३६ वटा द्रुत बस चलाइने र तीन÷तीन मिनेटको अन्तरमा छुट्ने बताइएको छ । बिहान र बेलुकी आवागमनको उच्च समय मा द्रुत बस कम भएको गुनासो आएकाले बसको संख्या थपिएको हो । मन्त्री प्रकाश ज्वालाले दसैँ र तिहारको बिदामा यात्रुको चाप न्यून भएको तथा द्रुत सेवाका रूपमा सञ्चालनमा ल्याइएका बस बिदामा काठमाडौँ उपत्यकाबाहिर जानुपरेकाले केही समय स्थगित गरिएको प्रष्ट पनि गर्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);