राष्ट्रपतिको सवालमा गृहको आएन जवाफ–फरार रहेका ३४ लाई माफी दिने प्रक्रिया रोकिएला | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

राष्ट्रपतिको सवालमा गृहको आएन जवाफ–फरार रहेका ३४ लाई माफी दिने प्रक्रिया रोकिएला

ramchandra paudel

काठमाडौं, २ असोज । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरुको सजाय माफी मिनाहाको आधार र उनीहरुको विवरण राष्ट्रपतिले माग गरे पनि गृह मन्त्रालयले त्यसको जवाफ पठाउन सकेको छैन । सरकारले संविधान दिवशको अवसरमा कैदीबन्दीलाई दिँदै आएको कैद तथा सजाय मिनाहाको सहुलियतका लागि सिफारिस गरेकाहरुको विषयमा राष्ट्रपतिको कार्यालयले गम्भीरताका साथ लिँदै माफी दिनुपर्ने आधार तथा उनीहरुको विवरण माग गरे पनि सोमबारसम्म गृहले सो विवरण पठाउन नसकेको हो ।

राष्ट्रपतिको कार्यालयले माग गरेको विवरण गृहले समयमै नपठाएपछि सिफारिस भएका फरार अभियुक्तहरुको सजाय माफी मिनाहाको विषयमा अन्योल उत्पन्न भएको छ । गृहले भने अदालतबाट सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको सजाय मिनाहाका लागि गृह मन्त्रालयले सिफारिस गर्न पाउने अधिकार क्षेत्रभित्र रहेर संविधान दिवसको अवसरमा सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जनाएको छ । सरकारको अधिकार क्षेत्रभित्रै रहेर सिफारिस गरेकाले राष्ट्रपतिको कार्यालयले मागगरेअनुसार पत्रको प्रतिउत्तर हालसम्म नपठाएको गृह मन्त्रालय स्रोतको दाबी छ । ‘राष्ट्रपतिको कार्यालयको पत्रअनुसार हामीले कुनै प्रतिउत्तर वा जानकारी पठाएका छैनौं’, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो– ‘राष्ट्रपतिको कार्यालयबाट पत्र आएको थियो । तर, हामीले फेरि केही लेखेका छैनौं र सो विषयमा प्रतिउत्तर पठाउने कुरा पनि अहिलेसम्म भएको छैन ।’

फैजदारी अभियोगमा अदालतबाट सजाय फैसला भएकाहरुलाई माफी दिने सिफारिसप्रति राष्ट्रपतिले गम्भीररुपमा लिएर पत्र पठाए पनि गृहले जवाफ नआएपछि उनीहरुको प्रक्रिया अघि नबढ्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । गृहले विभिन्न काण्डमा दोषी देखिएका ३४ जनालाई माफी दिन गृहले भदौ २६ मा राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरेको थियो । सिफारिसमा परेका अधिकांश व्यक्ति ज्यान मुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय पाएकाहरु छन् । सरकारले कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुनविपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरेको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको राष्ट्रपतिका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले बताउनुभयो । माग भएअनुसारको विवरण समयमै पेश नभए उनीहरुको विषयमा प्रक्रिया अघि नबढ्ने उहाँको भनाइ छ ।

सरकारले माफी मिनाहाका लागि सिफारिस गरेका ३४ जना अभियुक्तको पूर्ण विवरण र माफी दिनुपर्ने आधारहरु सोमबारसम्म आइनपुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । माग भएअनुसारको विवरण समयमै पेश नभए उनीहरुको विषयमा प्रक्रिया अघि नबढाउने विषयमा राष्ट्रपतिको कार्यालयमा सोमबार बिहान अनौपचारिक छलफलसमेत भएको स्रोतको दाबी छ । संविधान दिवस असोज ३ आउन एक दिन बाँकी रहँदासम्म गृहबाट प्रतिउत्तर नआएपछि फरार रहेका ३४ अभियुक्तहरुको सजाय माफिको प्रकृया अघि बढ्ने सम्भावना न्यून हुदै गएको बताइएको छ ।

मुलुकी फौजदारी अपराध ९संहिता० ऐन–२०७४, मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन–२०७४ र फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन–२०७४ को दफा १५९ बमोजिम उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको गृह मन्त्रालयले जनाएको छ । सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ । मुलुकी फौजदारी अपराध ९संहिता० ऐनको दफा १५९ ९१० मा भनिएको छ– ‘अदालतको फैसलाबमोजिम तोकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ ।’

सोही दफाको उपदफा ९२० मा भनिएको छ– ९१० बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो, सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । तर, मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपिसमेत संलग्न गरेको छैन । मन्त्रालयले पठाएको सिफारिसमा माफी दिनुपर्ने कुनै कारणसमेत खुलाएको छैन । कैद भुक्तान गरेकामध्येबाट भने कारागार व्यवस्थापन विभागले यस वर्ष ८ सय जनालाई माफी मिनाहाको सिफारिस गरेकोमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ सय ७० जनाको कैद माफी गर्ने निर्णय गरेको थियो । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);