महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाण्डौ, भाद्र २१
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले काँग्रेस सहमहामन्त्री एवं संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक, शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले सो घटनाबारे गम्भिर ध्यानाकर्षण गराएपछि उहाँले सो घटना र कान्ति बाल अस्पतालमा उपचारको अभावमा ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो । बैठकमा सांसदहरुले ती दुवै अपराधिक घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

Leave a Reply