अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्नः कानूनमन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्नः कानूनमन्त्री गुरुङ

काठमाण्डौ, १८
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । बैठकमा सांसद प्रेम सुवालले सत्तासिन दलहरुबीचको भागबण्डामा न्यायाधीश नियुक्ती हुने गरेको छ नि ? भनेर प्रश्न गर्नुभएको थियो । मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताउनु भयो । उहाँले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गर्नुभयो ।

सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरु गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानून र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताउनु भयो । मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाई हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार