ज्ञानेन्द्र शाहीले पत्रकार तिवारीविरुद्ध मुद्दा हाले, चरित्रहत्या गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

ज्ञानेन्द्र शाहीले पत्रकार तिवारीविरुद्ध मुद्दा हाले, चरित्रहत्या गरेको आरोप

काठमाडौं, १३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले पत्रकार शंकर तिवारीविरुद्ध मुद्दा हालेका छन् । जुम्लाका सांसद शाहीले नीतिन्यूज डटकममा कार्यरत तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालतसहित तिन निकायमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन्।

शाहीले तिवारीले नचाहिदो कुरा गरेर सामाजिक संजालमार्फत् आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन् । चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ का तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालत,नेपाल प्रहरीको केन्द्रीय साइवर व्युरो र प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका हुन्। जिल्ला अदालतले तिवारीलाई आगामी असोज १२ गते उपस्थित हुन आदेश दिएको छ।

नेता शाहीले तिवारीले आफुले गर्दै नगरेका मलाई थाहै नभएका विषयहरू बनाएर आफ्नो चरित्र हत्या गरी जनताको नजरमा खराब देखाउने,जनताको पक्षमा बोल्दा निरुत्साहित गर्ने मनसायले तथानाम गाली बेइजती गर्ने, कपोकल्पित कुराहरू प्रचारप्रसार गरी आफ्नो मानमर्दन गर्दै आएको भन्दै कारबाहीको माग गरेका छन् ।

पत्रकार तिवारीलाई समाचार लेखेकै आधारमा शाही र उनका सहयोगीले धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको थियो । तिवारीलाई शाहीका सहयोगी बताउने व्यक्तिले ‘जे पनि गर्न सक्छु’ भन्दै घरमै गएर धम्की दिएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महासंघ काठमाडौँ शाखाका अनुसार भदौ ६ गते बुधबार पत्रिकाको काम सकाएर घर फर्कँदै गर्दा पत्रकार तिवारीलाई काठमाडौँको बिजुली बजारको पुलमा प्रतिनिधिसभा सदस्य शाहीको नाम लिँदै दुई जनाले धम्क्याएका थिए ।

केही दिन अघि मात्र तिवारीले शाहीलाई सामाजिक सञ्जालमार्फत ६ प्रश्नको जवाफ माग्दै प्रमाणित गर्न चुनौती दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);