काठमाडौं, १० भदौ । एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलको आयोजनामा सो रिटेलर मिट सम्पन्न भएको हो । सो अवसरमा हालै उत्पादनप्रारम्भ गरिएको पेपर क्लच एसेम्बली, क्लच एन्ड ब्रेक लिभर तथा योक, नन–एस्बेस्टस ब्रेक शु र क्लच भेरिएटर लन्च गरियो ।
देशभरका रिटेलर सहभागी सो कार्यक्रममाएमके क्लचकाम्यानेजिङ डाइरेक्टर नितिन भण्डारीले एमके ग्रुप र यसका उत्पादनवारेमा जानकारी प्रस्तुत गरेकाथिए । एमके क्लचकाएक्सपोर्ट्स हेड योगेश काल्रा तथा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिवहमालले सहभागीहरुलाई स्वागतगर्दै सवारी साधनमा प्रयोग गरिने विभिन्न पार्ट्स गुणस्तरीय हुनु पर्ने र सबै रिटेलरहरुले गुणस्तरीय सामग्री उपलब्ध गराउनका लागि भूमिका खेल्नु पर्ने बताए ।
सो अवसरमा रिटेलरहरुका लागिनयाँ स्किम समेत सार्वजनिक गरिएको थियो । सो स्किम अन्तर्गत एमकेका उत्पादनखरिद गर्ने रिटेलरहरुले हालपाइरहेको छुट भन्दाथप ५ प्रतिशत छुट प्रदान गरिने बताइएको छ ।
सन् १९५९ मा रबर पार्ट्स र ग्यास्केट उत्पादनबाट शुरु भएको एमके ग्रुपको व्यवसायहालको अवस्थामाआइपुगेको हो । सन् १९६४ मा रबर क्लचप्लेट, सन् १९७६ मा ब्रेक शु, सन् २०१२ माक्लच एसेम्बली र सेन्ट्रिफ्युगल एसेम्बली, सन् २०१४ मा पेपर क्लचप्लेट हुँदै सन् २०२३ मा ह्यान्ड लिभर र योक उत्पादनकार्य समेत शुरु भएको छ ।
एमके ग्रुपअन्तर्गत हालएमके अटो क्लचकम्पनी, एमके लाइड अटो क्लच इन्डष्ट्रिज, भीएनजी अटोमोटिभ्स, भीएनजी ब्रेक्स तथा भण्डारी फोर्ज एन्ड अलोय कास्ट कम्पनी छन् । उत्तरी भारतकाविभिन्न६ स्थानमाएमके ग्रुपकाअत्याधुनिकक्लच एन्ड ब्रेक म्यानुफ्याक्चरिङ प्लान्ट छन् ।
सवारी साधनमाप्रयोग गरिने लिभर र योक, क्लच भेरिएटर, इनर क्लच एसेम्बलिज, कम्प्लिट क्लच एसेम्बलिज, ब्रेक शु, क्लचप्लेट, डिस्क ब्रेक प्याड र पेपर फ्रिक्सनप्लेटका लागिएमके ब्रान्ड लोकप्रिय मानिन्छ । दुई पांग्रे, तीनपांग्रे र चार पांग्रे सवारी साधनकालागिआवश्यक अटोमोटिभ क्लच र ब्रेक उत्पादककम्पनीको रुपमालोकप्रियएमकेले आफूलाई ‘लिडर इनफ्रिक्सन टेक्नोलोजी’दावी गर्छ ।