भारतको हिंसाग्रस्त क्षेत्र मणिपुरमा बन्दुकधारी समूहको गोलीबाट ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

भारतको हिंसाग्रस्त क्षेत्र मणिपुरमा बन्दुकधारी समूहको गोलीबाट ३ जनाको मृत्यु

एजेन्सी । भारतको हिंसाग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रवार बन्दुकधारी समूहको गोलीबाट ३ जनाको मृत्यु भएको छ ।

मणिपुरको राजधानी शहर इम्फालबाट झन्डै ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा कुकी समुदायका तीन जनाको हत्या भएको प्रहरीले जनाएको छ । बन्दुकधारी समूहले दिनदाहाडै गोलीहानेर तीन जना पुरुषको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।

हतियारधारीसमूह पूर्वमा रहेको पहाडबाट गाउँमा पसेर गोली चलाएको उखरुलका वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले जानकारी दिएको संचार माध्यमहरुले उल्लेख गरेका छन् । मारिएकाहरूले स्वयंसेवीको रुपमा गाउँको सुरक्षा गरिरहेको बताइएको छ ।

बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा अहिलेसम्म मणिपुरमा एक सय ५० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

हिंसाकाक्रममा भएका क्रुर र अमानवीय घटना सार्वजनिक भएपछि केन्दू सरकारमाथि पनि प्रश्न उठेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);