पुष्कर भट्ट
कञ्चनपुर । प्रस्तावित संघीय शिक्षा ऐन २०८० को बिरूद्धमा नेपाल शिक्षक महासंघले घोषणा गरेको आजकै मितिमा देशव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत कंचनपुर जिल्लाका शिक्षकहरूले सदरमुकाम महेन्द्रनगरमा बिशाल नगर परिक्रमा गरि शिक्षा विकास तथा समन्वय इकाई कंचनपुरको कार्यालयमा धर्ना दिएको छ ।
आईतवार कञ्चनपुर जिल्लाका ९ वटै स्थानिय तहमा धर्ना दिईएको थियो भने आज(मंगलवार) शिक्षा विकास तथा समन्वय इकाई कंचनपुरको कार्यालयमा धर्ना दिएका छन ।
सरकारले सामुदायिक विद्यालयमा कार्यरत सवै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको हित विपरित ल्याएको शिक्षा एनको मस्यौदा विरुद्धमा सुदुर पश्चिमका सवै जिल्ला शिक्षा समन्वय कार्यालयमा धर्ना तथा शान्तीपुर्ण धर्ना दिईएको नेपाल राहत शिक्षक केन्द्रिय समिती कोषाधक्ष्य नबिन सिंह धामीले बताएका छन ।
कञ्चनपुर जिल्लामा २ सय ५९ सरकारी विद्यालय र २ सय ६३ निजि विद्यालय रहेका छन भने करिव ४ हजार ६ सयको हाराहारीमा शिक्षक शिक्षिकाहरु रहेका छन ।
शिक्षकको मान मर्दन हुने गरी ५२ वर्ष पुरानो शिक्षा ऐन विपरित विस्थापित गराई लयाईन लागेको शिक्षा ऐन आउदा शिक्षक तथा विद्यालय कर्मचारी उत्साहित हुनुपर्नै मा शिक्षा क्षेत्रका प्रतिष्ठित पेशामा समेत हक हितका लागी आन्दोलनमा उत्रिनु परेको नेपाल शिक्षक संघ कञ्चनपुर अधक्ष्य नरेन्द्र सिंह भण्डारीले बताएका छन ।
आन्दोलित शिक्षकहरुले सरकारले ल्याउदै गरेको शिक्षा ऐन परिमार्जित सहित शिक्षक महासंघले अघि सारेका ३० बुदे र ५० बुदे सुझाव अनुरुप अघि नवढे शान्तिपुर्ण आन्दोलनले उग्र रुप लिने बन्द देखि हड्ताल सम्म गरिने एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुर अधक्ष्य गोबिन्द सिंह ढांट चेतावनी दिएका छन ।
आफुहरुले विद्यालयमा पढाउन छोडेर आन्दोलन गर्न रहर नभएको भन्दै सरकारले आन्दोलन गर्न वाध्य वनाई विद्यार्थिहरुको भविश्यमाथि खेलवाड भईरहेको र अविलम्व सरकारले शिक्षक तथा विद्यालय कर्मचारीका जायज मागको सुनवाई गरी शिक्षा ऐनलाई सुधार गरि शिक्षकहरुको हितमा मस्यौदा पास गर्नुपर्ने नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश निवर्तमान अधक्ष्य बिर्ख बहादुर मल्लले बताएका छन ।