अनितादेवी साह बनिन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

अनितादेवी साह बनिन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

काठमाडौं,२९ साउन । जनमत पार्टीकी सांसद अनिता देवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छिन् । साहलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथग्रहण गराएका हुन् ।

राष्ट्रपति पौडेलज्यूले २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । साहले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

साहलाई मन्त्री बनाउन प्रचण्डले यसअघिका सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदीलाई आइतबार फिर्ता बोलाएका थिए । यसअघि पनि जनमतबाट अब्दुल खान खानेपानी मन्त्री बनेका थिए ।

चित्तबुुझ्दो मन्त्रालय नपाएको भन्दै खान सरकारबाट बाहिरिएका हुन् ।

जनमत पार्टीबाट सांसद साहको नाम मन्त्रीका लागि सिफारिस भइसकेकी थिइन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);