क्यानका कार्यवाहक सचिव पाठकमाथि मोबिल छ्यापियो | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

क्यानका कार्यवाहक सचिव पाठकमाथि मोबिल छ्यापियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ।

शनिबार बिहान मकवानपुरको हेटौंडामा जिल्ला क्रिकेट संघको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेका हुन्।

स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी कार्यालयमा पाठकले निवेदन समेत दिएका छन्।

Leave a Reply