संसदको गतिरोधबारे राष्ट्रपतिद्वारा चासो व्यक्त | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

संसदको गतिरोधबारे राष्ट्रपतिद्वारा चासो व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोधबारे चासो व्यक्त गर्नुभएको छ ।

बिहीबार शीतल निवास पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाँले संसदको अवरोध र सहमतिका लागि भइरहेको प्रयासबारे चासो राखेका हुन् ।

राष्ट्रपति पौडेलले शुक्रबार सभामुख देवराज घिमिरेसँग पनि भेट्ने तय भएको छ । सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ । भेटमा राष्ट्रपति पौडेलले संघीय शिक्षा ऐनबारे समेत चासो राख्नुभएको थियो ।

विधेयक विवादित भएको भन्दै उहाँले यसलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो । साथै संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम आफ्नै कार्यकालमा टुंग्याउन समेत प्रधानमन्त्रीलाई आग्रह गरेको शीतल निवास स्रोतले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);