गोदावरी नदीमा फसेका ६ जनाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

गोदावरी नदीमा फसेका ६ जनाको उद्धार

काठमाडौं,२३ साउन । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् । अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सोमबार राति करिब साढे १० बजे बाढीमा फसेको खबर आएपछि उनीहरुलाई उद्धार गरेर ११ बजेतिर सुरक्षित स्थानमा पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरु नदी किनार क्षेत्रमै बस्दै आएका थिए । अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन बढी सडक अवरुद्ध भएको छ ।

नारायणगढ मुग्लिङ सडक खण्ड , मकवानपुर स्थित कान्ति लोकपथ र हेटौँडा–भैँसे–भिमफेदी हुँदै कुलेखानी जाने सडक अवरुद्ध छ । त्यसैगरी बिपी राजमार्ग म्याग्दी स्थित बेनि–जोमसोम, बागलुङको कालीगण्डकी करिडोर, प्युठान स्थित प्युठान–भालुवाङ सडक पहिरोले अवरुद्ध छ । पाल्पाको सिद्धार्थ राजमार्ग र दाङ स्थित लमही–घोराही सडक पनि अवरुद्ध भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);