सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको कामले ढुक्क हुने अवस्था छैनः सांसद पन्त | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको कामले ढुक्क हुने अवस्था छैनः सांसद पन्त

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानविन हुनेमा आफुहरु विश्वस्त नभएको बताउनुभएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गर्नुभएको हो । उहाँले आफुहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको बताउनुभयो । उहाँले राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक रुपमा कडा कदम नचालेसम्म नेपालको विमानस्थलबाट सुन तस्करी नरोकिने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारको नेतृत्व गर्ने मान्छेमाथि नै विश्वास छैन नि । प्रचण्डजीले जतिसुकै ठुलो कुरा गरेपनि उहाँको कामले ढुक्क हुने अवस्था त छैन । राजस्वले राम्रै छानविन गरेको थियो । हामीले संसद बन्द गरेपछि सिआईबिलाई दिने निर्णय भयो । त्यो पनि ठिकै छ । एउटा उच्चस्तरीय छानविन समिति बनाए भयो नि । राजस्वको छानविन पनि जारी रहन्छ । सिआइबिले गर्ने छानविन पनि जारी रहन्छ । अर्को एउटा कसरी सुन तस्करी रोक्ने भन्ने एउटा नीतिगत निर्णय पनि गर्नुपर्ला । सुन तस्करी सदाका लागि हाम्रो एयरपोर्टबाट तस्करी हुन कसरी रोक्ने भन्नेकुराको लागि पनि त छानविन आयोग बनाउँदा के बिग्रिन्छ र ? नेपालको एयरपोर्टबाट सुन तस्करी सदाको लागि अन्त्य होस् भन्नका लागि राजनीतिक रुपमा कडा कदम नचालेसम्म यो रोकिदैन । राजनीतिक मान्छेहरु संलग्न छन् कुन कुन पार्टीका छन् भन्ने त नाम नै आएको छ बाहिर । उनीहरुलाई चोख्याउने काम भएको छ ।’

उहाँले करोडौँ रुपैयाको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको बताउनुभयो । लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारको गफ लगाउनुमात्रै भएको उहाँले टिप्पणी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);